जिङक ब्लक देखि फोटो सप सम्म

कुनै बेला काठमाडौको घण्टाघर अगाडि अमात्य जिङ्क ब्लक थियो। त्यसको काम भने पत्र पत्रिकामा छाप्नका लागि फोटो तयार गर्नु थियो। संभवत देशभरिको यो नै एउटा यस्तो कार्यालय थियो। त्यसबेला त्यहाँं फोटोको ब्लक बनाए पछि छाप्नका लागि मेसिनमा हालेर छापिन्थ्यो। कुनै समय नेपाल पोष्टले यहि प्रविधिमा आधारित भएर आफ्नो प्रकाशनलाई पाठक समय पुर्उथ्यो।
तर त्यसबेलाका पाठक र अहिलेका पाठक फरक भएका छन। त्यसबेला देृशका कतिपय जिल्लामा एसएलसीको रिजल्ट थाहा पाउन १५ दिन सम्म पर्खनु पथ्र्यो । त्यो समयमा यो पचेको बिषय थियो। तर अहिले भने रिजल्ट प्रकाशन भएको सेकेन्डमा नै थाहा पाउने प्रविधि विकास भएको छ।
त्यो समयबाट गुज्रदै आएको नेपाल पोष्ट पनि अहिलेको पाठकको चाहनाबाट पछि हट्ने कुरै भएन।अहिलेको समय सूचना प्रविधिको युग हो सबै ठाँंउ र सबैका हातमा पत्रिका नहुन सक्छ। तर अहिले सबैका हातमा मोवाईल र फेस बुक हुने नै गर्छ । त्यसकारण जिङ्क ब्लकबाट शुरु भएको नेपाल पोष्टको यात्रा अव फोटो सपमा तयार छ। त्यसैले पनि अव नेपाल पोष्टको बिद्युतीय संस्कारण पाठकको हाता हातमा छ।

Comments