‘राजधानी’ आन्दोलनको खतरानक पाटो

सरकारले ठसठसी कनेर बुधवार मात्र प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको छ।ढिलै भएपनि यो राम्रो पक्ष हो। देशमा संविधान कार्यन्वयनको पक्षमा यो एउटा सकारात्मक पाइला समेत हो।
तर यो राम्रो पक्ष माथि ग्रहण लगाउने चलखेल भएका छन्। एकातिर सरकारमा बसेका मन्त्रीहरु आफ्नो क्षेत्र र अझ आँंगनमा नै राजधानी पुर्याउने खेलमा लागे। यस्ता मन्त्रीहरुका कारण पनि राजधानी प्रति असहमत हुदै बिभिन्न क्षेत्रमा आन्दोलन भएका छन। यस्ता आन्दोलनमा कतिपय ठाँंउमा जग्गा दलालको समेत घुस पैठ भएको अनुमान गरिएको छ।
अहिले भएका आन्दोलनमा धनकुटा र दाङमा बिशेष चर्चा हुने गरेको छ। यसैगरी आन्दोलन हुदै जानुमा आन्तरिक शक्तिको मात्र हात छ भन्न सकिदैन। बाह्या शक्तिले नचाहदा नचाहदै पनि संविधान जारी हुनु । ्स्थानीय प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुलाई बाह्य शक्तिले सन्च मानिरहेको छैन। त्यसमाथि मुलुकमा वाम गठबन्धन हुनु रउनीहरुले नै सरकार बनाउने संभावना बलियो हुनुुलाई पनि बाह्य शक्तिले पचाएको छैन।
नेपालको राजनीतिमा बाँंदरलाई नचाएझै नेपाली नेताहरुलाई नचाउन पल्केको शक्ति, अहिेले आफ्नो हातबाट लौरो खोसिएको महसुुस गरीरहेको छ। खरदार सुब्बा भर्नामा समेत चासो राख्ने त्यो शक्ति अहिले नेपाल मालामा आफ्नो कुटनीति प्रति पुर्पुरोमा हात लगाउन बाध्य छ।
जसले नेपालमा संविधान जारी भएको देख्न चाहदैनथ्यो त्यो शक्ति वामपन्थी सरकार बनेको सुन्न पनि चाहदैन। त्यसैले अव उसको आँंखा ‘राजधानी ’आन्दोलमा जान सक्छ। १ नं राजधानी आन्दोलन त सोलु ओखलढुंगा, खोटाङ तिर हुनु पथ्र्यो। उनीहरलाई बिराटनगर आईपुग्न १ दिन लाग्छ। तर धनकुटाबाट बिराटनगर तीन घण्टामा आईपुग्न सकिन्छ। राजधानी आन्दोलन ठाँंउ ठाँंउको असन्तुष्टी हुन सक्ला। तर यसमा बाह्या तत्व पसेर भड्काउने र जारी संविधान असफल बनाउने हो कि भन्न तर्फ सबै सचेत हुन जरुरी छ।

Comments