सौगात र बिपिनको लालपूर्जालाई प्रिमियरमा रुचाइयो

काठमाडौ, ७ माघ। सिनेमा लालपूर्जालाई दर्शकले रुचाएका छन् । रिलिज पूर्वसन्ध्यामा निर्माताले राजधानीमा भव्य प्रिमियर आयोजना गरेका थिए । प्रिमियरमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, कुमार नगरकोटी, सृष्टि श्रेष्ठ आकर्षण बने । निगम श्रेष्ठ निर्देशित सिनेमालाई खासगरि बौद्धिक दर्शकले रुचाएका छन् ।

अभिनेता कार्कीले लालपूर्जाले आफ्नो करियरमा इँटा थप्ने बताए । ‘मलाई नेगेटिभ असर पार्छ जस्तो लाग्दैन र करियरमै राम्र्रै फाइदा पुग्ला’ अन्तर्मुखी स्वभावका कार्कीले भने ।

प्रेमी सौगातसँगै बसेर सृष्टिले समेत फिल्म हेरिन् । उनले बिपिन र सौगातलाई मुलुककै उत्कृष्ट अभिनेताको उपमा दिइन् । अभिनेता कमलमणी नेपालले फिल्ममा रंगमंच हावी भएको आरोप खण्डन गरे ।

Comments