चिनियाँं राष्ट्रपति सी जिनपिङको कार्यकाल पाँंच बर्ष थप

३ चैत, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव चिनियाँ संसदले अनुमोदन गरेको छ ।
शनिबार बिहान चिनियाँ संसदले सीलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई सर्वसम्मतीले अनुमोदन गरेको हो । यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्नेछन् ।
यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका सीलाई नै अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो ।
संसदले त्यसलाई सर्वसम्मतीले पारित गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लेखेको छ ।

यसैबीच शनिबारकै चिनियाँ संसद बैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ । वाङ सी निकट भ्रष्टाचारविरोधी पूर्वअधिकारी हुन् ।

Comments