प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने

काठमडौं२ असोज। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित असोज ६ गते शनिबार अमेरिका जाने भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने  छ।  राष्ट्रसंघको महासभामा भने ओलीले असोज ११ गते मात्रै सम्बोधन गर्ने कार्यतालिका रहेको स्रोतले जनाएको छ ।

नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गर्नुभएको सचिवालयले जनाएको छ ।

महासभामा उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट शुरु हुनेछ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आज मंगलबारबाट न्यूयोर्कमा सुरु भएको छ ।

Comments