सी बिचारधारा अव चिनियाँ संविधानमै लेखिने, संविधान संसोधन गरिदै

काठमाडौं,९  माघ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीले सी जिनपिङ बिचारधारालाई चिनियाँ संविधानमा नै उल्लेख गर्न प्रस्ताव गरेको छ । कमिटीको शुक्रबार सकिएको बैठकले राष्ट्रपति सीको नयाँ युगका लागि चिनियाँ बिशेषतासहितको समाजावादलाई संविधानमै लेख्नका लागि प्रस्ताव गरेको हो ।
पार्टीको १९ औं राष्ट्रिय सम्मेलनले चीनलाई २१ औं शताब्दीको समृद्ध राष्ट्र बनाउने सोच  चरणवद्व योजनाहरुलाई ‘सी थट’ का रुपमा संश्लेषण गरेको थियो । उक्त सम्मेलनले सीपीसीको बिधानमा पहिले नै सी बिचारधारा उल्लेख गरेको भएपनि संविधानमा भने उल्लेख गरेको थिएन ।

सी बिचारधारालाई संविधानमा उल्लेख गर्नका लागि संविधान संसोधनको प्रस्ताव समेत गरिएको छ । बैठकपछि जारी बिज्ञप्ती अनुसार, उपलब्धी, अनुभव र आवश्यकता सहितको प्रष्ट सोच भएको सी बिचारलाई संविधानमा लेख्नका लागि संविधान संसोधन गर्ने निर्णय भएको हो ।

अव हुने संसोधनले माक्र्सवाद–लेनिनवाद, माओ बिचारधारा, देङ सियाओपिङ सिद्वान्त, द थ्योरी अफ थ्री रिप्रिजेन्ट्स, द साइन्टिफिक आउटलुक अन डिभलपमेन्ट र सी जिनपिङ बिचारधारालाई पार्टी र देशका निर्देशक सिद्वान्तका रुपमा उल्लेख गरिने बिज्ञप्तीमा जनाइएको छ ।

Comments