देउवाको दुश्चक्रमा निरीह कांग्रेसजन !

नेपालमा एउटै व्यक्ति चारपटक प्रधानमन्त्री भएको उदाहरण बनाएका पात्र हुन् –शेरबहादुर देउवा । अत्यन्त विवादास्पद र गैरजिम्मेदार प्रधानमन्त्रीका रूपमा पनि चर्चा कमाएका छन् यिनले । सत्तामा टिक्न यिनले बेलाबेलामा गरेका मर्यादाहीन कार्यको विवरण लामै छ । सांसदहरूलाई कहिले बैंकक लगेर रसरङ्गमा भुलाए भने कहिले भन्सार छूटमा प्राडो र पजेरो गाडी झिकाउन दिएर व्यवस्थापिकालाई भ्रष्टताको दुर्नामीमा डुबाए । हुँदाहुँदा पार्टीको सभापति र मुुलुकको प्रधानमन्त्री आफैं भएको बेलामा यस पटकको सबै तहका चुनावमा नेपाली कांग्रेसलाई लज्जाजनक पराजयको खाल्टोमा पु¥याउने अकर्मण्य व्यक्ति पनि यिनै देउवा भए । आफ्नो यस्तो धमिलो विगत सच्याउने मौका यिनलाई यो अन्तिम प्रधानमन्त्रित्वको अवसरमा प्राप्त भएको हो । तर समयको सदुपयोग गर्न वास्तै गरेनन् उनले । सत्ता सञ्चालनको विगतकै शैलीलाई अझ निर्मम भएर अपनाए उनले । १२ वर्षअघि प्रधानमन्त्री हुँदा पार्टी फुटाएका देउवाले यसपटक प्रधानमन्त्री हुँदा त नेपाली कांग्रेसलाई उठ्नै नसक्ने गरी पराजय बेहोर्ने स्थितिमा पु¥याइदिए ।
पाएको अवसरको सदुपयोग गरी असल कर्म गरेर आफ्नो विगतको धमिलो छवि सुधार्ने चेत नआउनु देउवाको दुर्भाग्य नै मान्नुपर्ला । गणतन्त्र र संघीयतामा प्रवेश गरेको नेपाल सबै तहका चुनाव सम्पन्न भएर नयाँ चरणमा प्रवेश गरेको पनि दुई महिना नाघिसक्यो । सबै तहमा वाम गठबन्धनको बलियो विजयको तापले नेपाली कांग्रेसलाई निकै दुब्लो र कमजोर बनाइदिएको छ । आफ्नो पराजयलाई विनम्रतापूर्वक स्वीकार गर्दै तत्काल राजीनामा दिएर कामचलाउ सरकारको प्रधानमन्त्री हुनु शेरबहादुर देउवाको लोकतान्त्रिक आचरण र उदार नैतिकताको परिचायक दृष्टान्त हुन्थ्यो । विश्वका प्रजातान्त्रिक मुलुकका सरकार र दलहरूले चुनावमा पराजित भएपछि तत्काल राजीनामा दिएर कामचलाउमा रूपान्तर भएका उदाहरणको अवमूल्यन गरेर कांग्रेसलाई अझ रसातलमा नै पु¥याउन कस्सिएका देखिए देउवा ।
देउवा सरकार राजीनामा दिएर पन्सनुभन्दा भर्खर बहुमत पाएर बनेको सरकार झैं सत्ता सञ्चालनको गतिमा बढ्यो । अनेक नयाँ निर्णय र नियुक्तिमा अघि सर्दै नियम कानुन र नैतिकताको धज्जी उडाउन अघि स¥यो । विवादास्पद निर्णयहरू गर्दै मुलुकको अर्थतन्त्रलाई तहसनहस पार्ने खालका कामकारबाही देउवा सरकार गरिरहेको छ । आगामी सरकारलाई अप्ठेरो पार्ने र मुलुकलाई ठूलो आर्थिक भार पार्ने खालका जथाभावी निर्णय गर्नुमा प्रधानमन्त्री देउवाको कुटिल दुराशय लुकेकोमा कुनै शंका नगरे हुन्छ । आफ्ना सभापति देउवाले यस्तो नीतिहीन स्वेच्छाचारिता देखाउँदा पनि नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरू निरीह भएर टुलुटुलु हेरिरहेका छन् । देउवाको दुश्चक्रको सत्तास्वार्थको भूमरीमा परेको मुलुकलाई तङ्ग्राउन त नयाँ सरकारले भगीरथ प्रयत्न गर्ला नै तर देउवाका कारण कांग्रेसले कमाएको दुर्नामी, स्वेच्छाचारिताको दुर्गन्ध र जनमतले दिएको पराजयको भारी बोकेर कांग्रेस अझ कुन स्थितिमा पुग्ने हो भविष्यले त्यो देखाउने नै छ ।

Comments