उत्साहसँगैका चुनौती

- देवेन्द्र गौतम

प्रजातन्त्रका लागि मिसन पत्रकारिताको कुरा सकिएर विकास पत्रकारिताको अभ्यास शुरु भए पनि अदालतसँग झस्किनुपर्ने अवस्था देखियो । यतिखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश आफैं बेञ्चमा बसेर आपूmसम्बन्धी मुद्दाको फैसला गरी कान्तिपुर पत्रिकालाई ‘ठेगान’ लगाउन खोजेको देख्दा आम सञ्चारकर्मी झसङ्ग हुनुपरेको हो । विवादित व्यक्तित्वले आफ्नो हितमा निर्णय गर्दा प्रेस स्वतन्त्रता साथ अदालतप्रतिको जनआस्था अभिवृद्धिबारे पनि चासो देखाउनुपर्ने हो । यसको अर्थ अदालतको निर्णयले तर्सेको चाहिँ होइन । तर्सने भए त यो स्तम्भकार उहिल्यै पत्रकारिता छाडेर बस्थ्यो । पञ्चायतकालमा यो स्तम्भकारको ‘नेपालपोष्ट’ र शम्भु श्रेष्ठको ‘मायालु’ को दर्ता नै खारेज गरिएको थियो । नेपालपोष्टको दर्ता खारेज भएपछि हामीले शम्भु श्रेष्ठसँग उहाँ प्रकाशन÷सम्पादक रहेको मायालु मागेर ‘नेपालपोष्टको सहयोगसाथ’ भनी प्रकाशन गरेका थियौं । तर क्षेत्रीय अदालतमा बहस हुँदा न्यायाधीशले जो सम्पादक÷प्रकाशक भए पनि देवेन्द्र गौतमले चलाएकोले मायालुको दर्ता खारेज हुन्छ भन्ने फैसला गरेका थिए । त्यस्तो व्याख्या सुनेपछि हाम्रा कानुन सहयोगी कुसुम श्रेष्ठले ‘नियत ठीक देखिँदैन, तपाई यहाँबाट गइहाल्नुस्’ भनेपछि अदालत परिसरबाट निस्केर पक्राउ पर्नबाट जोडिएको थिएँ ।
अब त अदालतबाट त्यस्ता निर्णय नहोलान् भन्ने अपेक्षा थियो तर आफू सम्बन्धी विवादको फैसला आफैंले गर्न थालियो ।
यसैगरी अदालतबाट मन्त्रिपरिषद्बाट राष्ट्रिय सभाका लागि मनोनीत तीन जनालाई सांसद बन्नबाट तत्काल रोक्ने गरी कारण देखाउ आदेश जारी भएको छ । मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपतिबाट मनोनीत भइसकेपछि निर्णय कार्यान्वयन (सपथ) मा रोक लगाइएको विषय पनि यतिखेर चर्चामा छ । तीनजनाको मनोनयन कार्यान्वयन नहुँदासम्म संसद्ले पूर्णता पाएको मान्ने कि नमान्ने अब ? अघिल्लो सरकारले गरेको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगरेको तर्क उठिरहेको छ तर विगतमा राष्ट्रिय सभा सदस्यको मनोनयन निर्वाचित सरकारले गर्ने गरेको इतिहास छैन र हाम्रै ?
कानुनको व्याख्या जता पनि हुने विगतमा ‘नेपालको कानुन दैव जानून्’ भन्ने उखान बनेको थियो । अब त झन् त्यो भनाइ बलियो हुँदो छ । कुन न्यायाधीशको वेञ्चमा सुनुवाई हुँदैछ भन्ने हेरेरै फैसलाको अनुमान गर्न सकिने अवस्थाले न्यायालयप्रतिको निष्ठा कति बलियो हुनसक्ला ?
अब मुलुकमा पाँच वर्ष स्थायी सरकार बन्ने अवस्था सिर्जना भएको छ । दुई ठूला कम्युनिष्ट पार्टी एक भएर वामपन्थी सरकार बन्दैछ । त्यसले राजनीतिक स्थायित्व र समृद्धिको नारा त लगाइरहेको छ । त्यो नारा साकार पार्नुसँगै न्यायालयप्रतिको आस्था वृद्धि गर्न त्यहाँभित्रको विकृति, विचलन पनि अन्त्य गर्ने पहल अत्यावश्यक छ, जुन आवश्यकता स्वयं न्यायाधीश, कानुन व्यवसायीहरूले नै औंल्याइरहेका छन् ।
करिब सात दशकको नेपाली वाम इतिहासमा यतिखेर अत्यन्त उत्साहपूर्ण अवस्था सिर्जना भएको छ । दर्जनौं कम्युनिष्ट पार्टीहरू हुँदा गैर वामपन्थीहरूले कति टुक्रा भन्दै गिज्याइरहने गरेका छन् । विगतमा स–साना सैद्धान्तिक मतभेदको आवरणमा व्यक्तिगत रिसराग पोख्न पार्टी विभाजन गर्ने रोगबाट ग्रसित वाम आन्दोलनका पछिल्ला दुई ठूला पार्टी–एमाले र माओवादी केन्द्रका नेताहरूले ठूलो सुझबुझ देखाइरहेका छन् । ‘गद्दार पुष्पलाल’ ‘भारतीय एजेन्ट’ आदित्यादि भन्दै गाली गलौज गरेको सुनिएकै हो । तर अहिले तिनै नेताहरूले गाली गलौजका एक शब्द नओकली विगतका आरोप बिर्सेर एउटै भान्छा तयार पार्न सहकार्य गर्दैछन् । माओवादी केन्द्रका नेताहरू एमाले कार्यालय र एमाले नेताहरू माओवादी कार्यालयमा बसेर बैठक गरी साझा दस्तावेज बनाउँदै छन् । अनि नेता विशेषहरूलाई पत्रकारले तपाईको पद के हुने त ? भनी उचाल्दा पनि उनीहरू संयमित भएर मेरो पदको चिन्ता छैन, पार्टी एक हुनुपर्छ भनिरहेको सुन्दा वाम शुभेच्छुकहरू दङ्ग पर्नु स्वभाविक हो ।
वाम एकता प्रक्रियाले निश्चय नै सकारात्मक भविष्य देखाइरहेको छ । तर यो प्रक्रियाको व्यवस्थापन र सरकार सञ्चालनमा होस् पु¥याउनु आवश्यक छ । होस् पु¥याउन नसके कम्युनिष्ट आन्दोलन मात्र होइन, संघीयता र अन्ततः देशकै भविष्यमा चुनौती थपिने छ ।
भावी चुनौतीको आकलन गरी प्रधानमन्त्री केपी ओलीले मन्त्री र सहयोगी समूह छनोटमा सुझबुझ देखाउनुपर्छ । कामकाजी व्यक्तित्वहरू छानियुन् । भ्रष्टाचार नियन्त्रण गर्न भाषणले मात्र सकिँदैन, टाउको नै सदाचारी हुनुपर्छ । राष्ट्रियताका सवालमा ओलीले बनाएको छवि अझै उचो बनाउन सक्ने अवसर पनि आउँदै छ । यतिखेर नेपाल–भारत प्रवुद्ध समूहको सातौं बैठकले दुई देशबीचका असमानता र समानताका विषय सबै केलाएर प्रतिवेदन तयार पार्ने निर्णय गरेको समूहका सदस्यहरूले बताएका छन् । भारतीय समूह नेता भगतसिहं कोस्यारीले केपी ओलीको पूर्व कार्यकालमा काम शुरु गरी उहाँकै कार्यकालमा प्रतिवेदन हस्तान्तरण गर्न पाइने भएकोमा खुशी व्यक्त गरेको सुन्दा हामीलाई पनि सन्तोष लाग्ने नै भयो । प्रवुद्ध समूहले दिने प्रतिवेदनका आधारमा ओलीले नेपाल–भारतबीचका असमान सम्बन्ध मेट्ने गरी काम गर्नुभयो भने मुलुकसँगै वाम आन्दोलन पनि बलियो हुनेछ ।
विगतमा शेरबहादुर देउवाले ६५ जनासम्मको मन्त्रिमण्डल बनाइएको सन्दर्भमा ओलीले १८ सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय पालन गर्न पक्कै सकस व्यहोर्नु परेको छ । जो हेरे पनि आफ्नै अनुहारका व्यक्तिहरू छन् । तर आम रूपमा मन्त्रीका आकांक्षीहरूमा देखिएको छ अनुशासन । आकांक्षा राख्नु स्वभाविक हो तर निहुँ खोज्नुभन्दा आगामी दिनमा अवसर पाउने गरी काम कसरत गर्नु श्रेयष्कर हुनेछ ।
संघीयता अभ्यासको प्रारम्भिक चरणमा प्रदेश–६ ले सकारात्मक सन्देश दिएको छ । ढिलो जन्मेको त्यो प्रदेशको संसदले सबभन्दा पहिले आफ्नो नाम राखेको छ–कर्णाली ! अनि विगतमा पूर्व राजपरिवारका सदस्यको नामसँग नै एलर्जी हुने गरेको भए पनि कर्णाली संसदले आफ्नो सदरमुकाम रोज्यो ‘वीरेन्द्रनगर’लाई । बधाइ छ कर्णाली संसदलाई ।
यता प्रदेश १ का मुख्यमन्त्रीले स्वीस राजदूत र प्रदेश ३ का मुख्यमन्त्रीले अष्ट्रेलियाका राजदूतलाई भेट दिएर परियोजनाबारे कुरा गरी केन्द्रलाई झस्काइदिएका छन् । केन्द्र सरकारले तत्काल प्रदेशहरूमा कूटनीतिक क्षेत्राधिकारबारे मापदण्ड पठाइहालोस् ।
विदेशी राजदूतहरू केन्द्र सरकारलाई जानकारी नदिई प्रदेशमा सहयोग गर्छु भन्दै हिँड्नुमा विगतको लापरवाही वेवास्ता पनि जिम्मेवार छ । त्यही लापरवाहीबाट हौसियर त होला नि प्रधानमन्त्री ओलीको जन्मदिनमा भारतीय र चिनियाँ राजदूत केक बोकेर ओलीकहाँ पुगेका !
‘वर्थ डे’ केक नेपाली संस्कृति होइन । अरु मुलुक आफ्नो संस्कृति संरक्षणमा प्राथमिकता दिँदैछन् । तर हामीकहाँ शिवरात्रिमा पशुपतिमा गाँजा निषेध गरिन्छ । वास्तवमा गाँजा नराम्रो होइन । अमेरिकामा औषधीका लागि गाँजा खेती प्रवद्र्धन गरिँदैछ । तर भेषबहादुर थापा अर्थमन्त्री हुँदा गाँजा खेतीमा प्रतिबन्ध लगाइयो र पहाडी अर्थतन्त्र ध्वस्त पारियो । त्यो प्रतिबन्ध अमेरिकी चाहनामा थियो । ऐले कुन गैरसरकारी संस्थाको उक्साहटमा शिवरात्रिको संस्कृति–गाँजा सेवन निषेध गरिएको हो ? गाँजामा ध्यान दिने पशुपति क्षेत्र विकास कोषले किरातेश्वर महादेव मन्दिर पुननिर्माणमा किन विलम्ब गरिरहेको छ ?
यसै सन्दर्भमा सुनें– यादव खरेलले पशुपतिमा खडेबाबा थिए, ती कता हराए ? भनेको । हो, पशुपति परिसरमा २४ सै घण्टा उभिइरहने ‘साधु’ थिए । उनलाई खडेबाबा भनिन्थ्यो । एक महिला नित्य ती जोगी सामु पुग्थिन् । उनले विस्तारै आफ्नो धोतीमाथि उचालेर पिँडुला, तिघ्रा देखाउन थालिन् । एक दिन खडेबाबा विचलित भएर बासुकी तलको सिँढीमा दुईजना पुगे । त्यहाँ रतिक्रिडा चल्यो । जोगीको कम्मरमुनिको घण्टी बजिरह्यो । त्यो देखेर केही युवाले उतिखेरै ‘डिष्टर्व’ गर्न खोजे तर उनीहरूलाई रोकियो । पछि खडेबाबालाई स्थानीयले पचाएनन् । उनी त्यहाँबाट लापत्ता भए ।

Comments