चीनद्वारा सुरक्षा बजेटमा भारी वृद्धि

बेइजिङ, (चीन), २१ फागुन।  चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ ।

चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको नयाँ बजेटमा एक खर्ब ७५ अर्ब अमेरिकी डलरको सुरक्षा खर्च छुट्टाइएको हो ।

गत दुई बर्षको तुलनामा सन् २०१७ आर्थिक वृद्धिदर सामान्य बढी देखिएपनि सन् २०१३ पछि तेस्रो पटक गत बर्ष पनि आर्थिक वृद्धिदर एक अङ्कमा देखिएको छ ।

सन् २०१६ मा ७.६ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०१७ मा ७ प्रतिशत कायम हुन आएको देखिएको छ ।
चीनको रक्षा बजेटले अन्य चर्चित मुलुकहरूको राष्ट्रिय बार्षिक खर्चको तुलनामा यहाँको कुल ग्राहस्थ उत्पादनको सानो हिस्सामात्र ओगट्ने गर्छ ।

चीनको सेनाको प्रतिव्यक्ति खर्चदर पनि अन्य विकशित मुलुकको तुलनामा कम हुने गरेको १३ औँ नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी)का प्रथम बार्षिक सभाका प्रवक्ता झाङ यसुइले बताए।

सुरक्षा बजेटकोे वृद्धिको ठूलो हिस्सालाई सैनिक सेवामा कार्यरत अधिकारीको सेवागत सुविधा, तल्लो तहको सैनिक समूहको तालिम तथा सुरक्षा समग्रीलाई आवश्यक सुधार गर्न प्रयोग गरिने प्रवक्ता झाङले बताए ।

त्यसैगरी बजेटले आर्थिक बर्ष २०१८÷०१९मा चीनको कुल ग्राहस्थ उत्पादनमा ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो आर्थिक बर्ष २०१६÷०१७ को तुलनामा ०.२ र २०१७÷०१८ को तुलनामा ०.३ प्रतिशतले कमी हो । यसका बाबजुद पनि चीन विश्वको अति शीघ्र आर्थिक वृद्धि हुने मुलुकका रूपमा रहनेछ ।

चीन सरकारको निर्यात र लगानीको सट्टा उपयोग र सेवाहरूका आधारमा अर्थतन्त्रको विकास गर्ने नीतिलाई प्राथमिकतामा राख्ने उद्देश्यका कारण चीनको अर्थतन्त्रमा सन् २०१५ पछि केही सुस्तता आएको देखिन्छ । रासस÷एएनआइ

Comments