नालाको मछिन्द्रनाथ जात्राः जहाँं बुंगमतीबाट मुर्ति चोरेर लगेको भनाई छ

काभ्रे, २१ फागुन । विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ । हरेक वर्ष नेवार समुदायले यही तिथिका अवसर पारेर जात्रा मनाउने गरेका छन् ।

सम्पूर्ण भगवान्को सृष्टिकर्ताका रूपमा सृष्टिकान्ता लोकेश्वरलाई लिइने गरेको लोकेश्वरका प्रमुख पुजारी पुन्यराज बज्राचार्यले बताउनुभयो । “यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ,” बज्राचार्यले भन्नुभयो । पहिले यो मन्दिर काठमाडौँको बुँगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पु¥याउने क्रममा यही बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर गएको भन्ने भनाइ बज्राचार्यको छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्ता लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ ।रासस

Comments