कालीगण्डकी करिडोर खुल्यो

काठमाडौं । भारतको सुनौलाईलाई कालीगण्डकी हुँदै कोराला नाकामार्फत उत्तरी देश चीन जोड्ने सडकको ट्रयाक खुलेको छ । काली गण्डकी करिडोर नामको उक्त सडक खण्ड अन्तर्गत बाग्लुङ–गुल्मी खण्ड नेपाली सेनाले छिचोलेपछि सुनौली अब कोरालासँग जोडिएको हो । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार करिडोरको ७६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम सकिएको छ । दुईवर्ष अघि प्रधानमन्त्री हुँदा केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गेपछि यस करिडोरको निर्माणले गति लिएको थियो ।
कोरला–सुनौली ४३५ किलोमिर लामो यो करिडोरमा दुई लेन (९ मिटर चौडा) को सडक हुनेछ । कोराला–मुस्ताङको कागबेनी ९५, कागबेनी–बागलुङ ९५, कागबेनी–गुल्मीको रिडी ७०, रिडी–बुटुवल ६८ र बुटुवल–सुनौली २५ किलोमिटर करिडाररमा पर्छ । कोरलादेखि १७ किलोमिटर टाढा चीनको पक्की सडक मार्ग जोडिन्छ ।

Comments