श्रीदेवीका पतिले यसो भने

दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरले २४ फेब्रुअरीको रातको केही घटनाक्रम सार्वजनिक गरेका छन् । २४ फेब्रुअरीमा नै श्रीदेवीको दुबईको एक होटलको कोठामा बाथ टवमा डुबेका कारण मृत्यु भएको थियो ।
बोनी कपूरले बताएका छन् कि उनी आफ्नी पत्नीलाई सरप्राइज दिन अचानक दुबई पुगेका थिए ।
बोनी कपुरले आफ्ना तीस वर्ष पुराना साथी ट्रेड एनालिस्ट कोमल नाहटासँगको कुराकानीमा २४ फेब्रुअरीको साँझका बारेमा बताएका छन् । कोमल नाहटाले यो कुराकानीलाई आफ्नो व्लगमा प्रकाशित गरेका छन् ।
बोनीले नाहटालाई बताए अनुसार २४ वर्षमा मात्र दुईपटक दुई पति पत्नी सँगै विदेश गएनन् । तर श्रीसँग आफ्नो साथीकी पत्नी हुने गरेकी थिइन् । दुबई एकमात्र यस्तो विदेशी यात्रा थियो जहाँ श्रीदेवी दुई दिनसम्म (२२ र २३ फेब्रुअरी) एक्लै बसिन् ।
बोनी, श्रीदेवी तथा खुशी एक पारिवारिक विवाह समारोहका लागि दुबई गएका थिए । जुन २० फेब्रुअरीमा सम्पन्न भएको थियो । बोनीको लखनउमा एक महत्वपूर्ण बैठक थियो जसका कारण उनी भारत फर्किएका थिए । श्रीदेवी दुबईमा नै बस्नु थियो किनकी उनलाई जाह्नवीका लागि शपिङ गर्नु थियो ।
नाहटाले लेखेका छन्, ‘जाह्नवीको शपिङ लिस्ट श्रीदेवीको फोनमा थियो । तर उनी २१ फेब्रुअरीमा शपिङ गर्न जान सकिनन् किनकी उनको फोन रस अल आइमाहमा छुटेको थियो । दिनको धेरैजसो समय उनले होटलमा नै बिताइन् ।
बोनीले नाहटालाई बताए, ‘२४ फेब्रुअरी बिहान मेरो श्रीसँग कुरा भयो । जब उनले भनिन्, पापा (श्रीदेवी बोनीलाई पापा भन्थिन्) म तपाईलाई निकै मिस गरिरहेको छु ।’ तर मैले उसलाई बताइन कि म उनलाई भेट्न साँझ दुबै आउँदैछु भनेर ।
जाह्नवी पनि चाहन्थिन् कि म दुबई जाउँ किनकि उसलाई डर थियो कि उसकी आमा जसलाई एक्लै बस्ने बानी थिएन । आफ्नो पासपोर्ट या महत्वपूर्ण सामाग्री हराउन सक्थिन् । नाहटाले लेखेका छन् कि बोनीले आफ्नो ‘ज्यान’ तथा दुई बच्ची, जाह्नवी तथा खुशीकी आमा श्रीदेवीलाई दुबईको जुमेराह एमिरेट्स टावर्स होटल पुगेर सरप्राइज दिएका थिए ।
बोनीले होटलबाट डुप्लिकेट साँचो लिएर श्रीदेवीको कोठा खोलेका थिए । नाहटाले बोनीको भनाइ उल्लेख गर्दै लेखेका छन्, ‘दुवैजना प्रेमिसँग जस्तै गरी गला मिले ।’ श्रीदेवीले बोनीलाई भनेकी थिइन् कि उनलाई अनुमान थियो कि आफूलाई भेट्न बोनी दुबई आउने छन् । त्यसपछि बोनीसँग अँगालो मारिन्, चुमिन् र आधा घण्टा कुराकानी भयो ।
यसपछि बोनी फ्रेस हुनका लागि गए । बाथरूमबाट बाहिर आएर उनले प्रस्ताव गरेकी दुवैजना रोमान्टिक डिनरमा जानका लागि । उनले श्रीदेवीसँग निवेदन गरेकी अर्को दिनको सपिङ रद्द गर्न । भारत फिर्ता आउने टिकट पनि साट्नु थियो किनकी २५ तारिखको राति भारत फर्कने तय भएको थियो । श्रीदेवी अब रिल्याक्स गर्ने मुडमा थिइन् । रोमान्टिक डिनरका लागि तयार हुनका लागि उनी नुहाउन गइन् ।
बोनीले नाहटालाई बताए‘म लिविङ रूममा गए जबकी श्रीदेवी मास्टर बाथरूममा नुहाउन र तयार हुनका लागि गइन् ।’ लिविङ रूपममा बोनी दक्षिण अफ्रीका र भारतबीचको क्रिकेट अपडेट लिनका लागि टिभी च्यानल बदल्न लागे । फेरि त्यहाँ पाकिस्तान सुपर लिगको एक म्याचको हाइलाइट् हेर्न थाले । उनले १५–२० मिनेट सम्म खेल हेरे । तर फेरि उनलाई लाग्यो शनिवार त सबै रेस्टुरेन्टहरूमा भीड लाग्छ होला ।
तब करिब आठ बजे बोनीले श्रीदेवीलाई लिविङ रूमबाट नै बोलाए । उनले दुईपटक बोलाए । फेरी उनले टिभीको आवाज सानो पारे । तर पनि आवाज सुनेनन् । फेरि उनी बेडरूम गए । बाथरूमको ढोका ढकढकपारे र फेरि उनले आवाज दिए । भित्रबाट पानीको टव खुल्ला भएका आवाज आएको सुनिएको थियो । उनले फेरि बोलाए, ‘जान, जान’ कयौं पटक बोलाउँदा पनि आवाज नआएपछि घबराहटमा परेका बोनीले धक्का दिएर ढोका खोले । ढोका भित्रबाट बन्द थिएन । बोनी थोरै डराएका थिए । तर जो दृश्य उनको आँखाको आगाडि आउनेवाला थियो त्यसका लागि उनी तयार थिएनन् । बाथटव पानीले पूरै भरिएको थियो र श्रीदेवी त्यसमा पूरै डुबेकी थिइन् । शिरदेखि लिएर अमुलासम्म । बोनीले उनलाई हल्लाए तर उनको शरीरमा कुनै हलचल थिएन ।
नाहटाले लेखेका छन, ‘जे भयो, त्यसका लागि कोही पनि तयार थिएनन् । उनी पहिला डुविन र बेहोस भइन् या बेहोश भएर डुबिन् शायद कसैलाई यो थाहा हुने छैन । बाथटपबाट थोरै पनि पानी बाहिर आएको थिएन । श्रीदेवीले शायद एक मिनेटका लागि पनि संघर्ष गर्नका लागि समय पाइनँ किनकि यदि उनले डुब्न लागेको बेला आफ्नो हातपाउ हल्लाएको भए त थोरै पानी टपबाट बाहिर निस्कन्थ्यो । तर भुइँमा पानी थिएन ।’
बीबीसी हिन्दीबाट

Comments